विदेश

चीनमा रेल दुर्घटना हुँदा नौ जना कामदारको मृत्यु


काठमाडौँ – चीनको शुक्रबार बिहान रेल दुर्घटना हुँदा नौ जना कामदारको मृत्यु भएको छ। गान्सु प्रान्तमा स्थानीय समय अनुसार बिहान ५ः२५ बजे कामदारहरु काम गरिरहेको क्षेत्रमा दुर्घटना हुँदा नौ जना कामदारको मृत्यु भएको हो।

उरुमकी शहरबाट हाङजाउ शहरतर्फ जाँदै गरेको रेल दुर्घटना भएको स्थानीय प्रहरी प्रवक्ताले बताएका छन्। मृतकहरु सबै रेलका कामदाहरु रहेको अधिकारीहरुले बताएका छन् । अहिले मेडिकल र उद्धार टोली घटना स्थलमा पुगिसकेका छन् ।
घटना हुनुको कारण भने पत्ता नलागेको र घटना बारे अनुसन्धन भइरहेको प्रहरी बताएको छ ।