समाचार

काठमाडौँ उपत्यकाको निषेधज्ञामा केही खुकुलो, के खुल्ने, के नखुल्ने ?


काठमाडौँ – काठमाडौँ उपत्यकाका तीन जिल्लामा आजबाट पहिलेको भन्दा निषेधाज्ञा केही खुकुलो भएको छ । उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले १० दिन बढाएर गरेको निषेधाज्ञामा खाद्यान्न पसलहरु बिहानको समयमा खोल्ने निर्णय गरेको हो ।

आजबाट जेठ १४ देखि उपत्यकामा बन्द गरिएको खाद्यान्न,किराना तथा डिपार्टमेन्ट स्टोर खोलेका छन् । आजबाट किराना र डिपार्टमेन्ट स्टोर बिहान ९ बजेसम्म खोलेका छन् । यस्तै सार्वजनिक निर्माणलाई खुल्ला गरिएको छ । सार्वजनिक निर्माण बन्द हुँदा सामग्री ढुवानीका सवारी–साधन पनि रोकिएका थिए । निर्माण सामग्री रातको समयमा मात्र ढुवानी गर्न पाइने छ ।

यस्तै काठमाडौंमा बैंक तथा वित्तीय संस्थाले प्रधान कार्यालय र ३ वटा शाखा, वाणिज्य बैंक र विकास बैंकले प्रधान कार्यालय र २ वटा शाखा सेवा दिन पाउने छन् । वित्त कम्पनीले प्रधान कार्यालय र एउटा शाखा खोलेर सेवा दिन पाउने छन् ।

बिहान ९ बजेसम्म मोटरसाइकल वर्कसप भने खोल्न दिइने भएको छ । डिर्पाटमेन्ट स्टोर पनि आजबाट विहानको समयमा खुल्ने छन् । तर, दुई मिटरको दूरी कायम अनिवार्य गर्नुपर्ने छ । अत्यावश्य बाहेकका सरकारी कार्यालय, सार्वजनिक संस्थान र बिमा लगायतका कार्यालय भने खुला हुने छैनन् । आजबाट लागु भएको निषेधाज्ञा जेठ ३१ को राति १२ बजेसम्म जारी रहनेछ ।

के के गर्न पाइन्छ ? के गर्न पाइँदैन ? हेर्नुहोस् :