राजनीति

एमाले माधव पक्षको भेलामा ओलीको आलोचना: वार्ताको नाममा भूलाउन खोजियो


काठमाडौँ – नेकपा एमालेको झलनाथ खनाल र माधवकुमार नेपाल समूहको भेलाले बालुवाटारले भुलाउन मात्र खोजेको निष्कर्ष निकालेको छ । समूहका केन्द्रीय सदस्यहरुको अनलाईन भेलाले यस्तो निष्कर्ष निकालेको हो । भेलामा सुरुमै नेता माधव कुमार नेपाल र झलनाथ खनालले आफ्नो धारणा राखेका थिए ।

नेताद्धयले ओलीका गतिविधि सच्चिने तर्फ अझै नदेखिएको धराणा राखेका थिए । छलफलमा नेता सुरेन्द्र पाण्डे र घनश्याम भुसालले ओली पक्षका नेताहरुसँग भएको अनौपचारिक छलफलबारे ब्रिफिङ गरेका थिए । पाण्डे र भुसाल दुवैले ओली पक्षले वार्ताका नाममा भुल्याउन मात्रै खोजेको आफुहरुलाई भान भएको बताएका थिए ।

भेलामा बोल्ने अन्य नेताहरुले पनि ओलीको भुलभुलैयामा लाग्न नहुने सुझाव दिएका थिए ।