राजनीति

अन्तिम समयसम्म एकताका लागि लागिरहने छु : गोकर्ण विष्ट


काठमाडौँ – नेकपा एमालेका नेता गोकर्ण विष्टले विभाजनको संघारमा पुगेको पार्टी एकताका लागि आफू अन्तिम समयसम्म लागिरहने बताएका छन् ।

पूर्वमन्त्री समेत भईसकेका विष्टले एकता जोगाउन भैरहेको प्रयासलाई कमजोर पार्ने दुराशयले केही सञ्चारमाध्यमले आफ्नो नाम जोडेर झूटा खबर प्रकाशन गरेको भन्दै आफू पार्टी र जनसंगठनका सबै तहका कमिटीहरूलाई २०७५ जेठ २ कै अवस्थामा फर्काउन प्रयत्नशील रहेको समेत बताएका छन् ।

उनले भनेका छन्, ‘पार्टी र जनसंगठनका सबै तहका कमिटीहरूलाई २०७५ जेठ २ गतेको पूर्ववत् अवस्थामा फर्काएर राष्ट्र, जनता, लोकतन्त्र र कम्युनिस्ट आन्दोलनको हितमा सही विचार र कार्यदिशा सहितको सबल एवं एकीकृत कम्युनिस्ट पार्टी निर्माण गर्ने हाम्रो चाहना हो । हामी यसमा निरन्तर प्रयत्नशील छौँ । अन्तिमसम्म लागिरहनेछौँ । पार्टीको सम्पूर्ण एकता नै हाम्रो विश्वास हो । हाम्रो अडान हो ।’