राजनीति

एमाले स्थायी कमिटी बैठक भोलीसम्मका लागि स्थगित


काठमाडौँ – नेकपा एमालेको स्थायी कमिटी बैठक सरेको छ । आज अपराह्न ४ बजेका लागि बोलाइएको स्थायी कमिटी बैठक भोलिका लागि सरेको केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिनुभयो ।

बैठक भोलि ४ बजे बस्ने गरि स्थगित भएको हो । यसअघि एमालको आईतबार बस्ने बनिएको स्थायी कमिटीको बैठक बारम्बार स्थगित हुँदा हिजो मंगलबार बसेको थियो । बालुवाटारमा बसेको बैठकले पार्टी एकता जोगाउन अन्तिम समयसम्म प्रयास जारी राख्ने निर्णय गरेको थियो ।