कोरोना विशेष

विवेकशील साझाका नेता थापाको अन्तिम संस्कार आजै, सहभागी नहुन परिवारको आग्रह


काठमाडौँ – विवेकशील साझा दलका नेता उज्वल थापाको परिवारले उहाँको अन्तिम संस्कारमा सहभागी नहुन आग्रह गरेको छ । अहिलेको संक्रामक रोगको समयमा थापाको अन्तिम संस्कार एउटा साधारण पारिवारिक तवरले सम्पन्न गर्ने परिवारको इच्छा भएको भन्दै सम्भव भएसम्म सहभागी नभइदिन उहाँको परिवारले अनुरोध गरेको हो । पारिवारिक स्रोतका अनुसार थापाको अन्तिम संस्कार आजै पशुपति आर्यघाटमा हुने भएको छ ।

कोरोना संक्रमण भई गम्भीर बिरामी परेका थापाको उपचारका क्रममा आजै मेडिसिटी अस्पतालमा निधन भएको हो । मंगलबार अपराहृन ४ बजेर २५ मिनेटमा उपचारका क्रममा उहाँको निधन भएको हो ।

४४ वर्षीय थापाको अन्तिम पटक गरिएको परीक्षणमा कोरोना भाइरसको रिर्पोट नेगेटिभ आएको थियो ।