राजनीति

महन्थ ठाकुर पक्षले उपेन्द्र यादवलाई पार्टीबाट निष्कासन गर्‍यो


काठमाडौँ – जनता समाजवादी पार्टी (जसपा) अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतो पक्षले अर्का अध्यक्ष उपेन्द्र यादवलाई पार्टीबाट निष्कासन गरेको छ । अध्यक्ष उपेन्द्र यादव पक्षले अर्का अध्यक्ष महन्थ ठाकुरसहित चार नेतालाई कारबाही गरेर निकालेको केहीबेरमै ठाकुर पक्षले पनि यादवलाई निकालेको छ ।

यादवलाई पार्टीको साधरण सदस्यसमेत नरहने गरी कारबाही गरिएको ठाकुर पक्षीय नेता सुरेन्द्र झाले जानकारी गराउनुभयो । उहाँले भन्नुभयो, ‘यादव जी अब पार्टीको साधरण सदस्य पनि रहनुभएन ।’

मंगलबार नै यादव पक्षले ठाकुरसहित नेताहरु राजेन्द्र महतो, लक्ष्मणलाल कर्ण र सवेन्द्रनाथलाई पार्टीबाट निकालेका थिए ।