राजनीति

महन्थ ठाकुरसहित चार नेतालाई गरिएको निष्कासनबारे निर्वाचन आयोगलाई जानकारी


काठमाडौँ – जनता समाजवादी पार्टी (जसपा)को उपेन्द्र यादव पक्षले अध्यक्ष महन्थ ठाकुरसहित चारजना नेतालाई पार्टीबाट निष्कासन गरेको जानकारी निर्वाचन आयोगलाई गराएको छ । आयोगमा दर्ता गरिएको पत्रमा जेठ १७ गते पार्टी कार्यालय बालकुमारीमा बसेको कार्यकारिणीको बैठकले निष्कासनको निर्णय गरेको उल्लेख गरिएको छ ।

आयोगलाई लेखिएको पत्रमा दलको दर्ता किताबबाट कारवाही गरिएका चार नाम हटाउन आयोगलाई अनुरोध गरिएको छ । आज बसेको जसपाको कार्यकारिणी बैठकले ठाकुरसहित वरिष्ठ नेता राजेन्द्र महतो, कार्यकारिणी सदस्य लक्ष्मणलाल कर्ण, सर्वेन्द्रनाथ शुक्लालाई पार्टी सदस्यबाट निष्कासन गरेको थियो ।