राजनीति

संवैधानिक इजलास छाड्न न्यायाधीश केसी र श्रेष्ठले गरे अस्वीकार


काठमाडौँ – संसद विघटनका मुद्दाहरुको निरुपण गर्न बनेको संवैधानिक इजलासबाट न्यायाधीश तेजबहादुर केसी र बमकुमार श्रेष्ठले इजलासमा नबस्न गरेको आग्रह अस्वीकार गरेका छन् ।

मंगलबार संवैधानिक इजलासमा राय प्रस्तुत गर्दै उनीहरुले आफूहरु इजलासबाट अलग नहुने बताएका हुन् । मंगलबार नै प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा सर्वोच्च अदालत बार एशोसिएसनका पदाधिकारीसँग वरिष्ठताका आधारमा संवैधानिक इजलास गठन गर्न सहमत भएका थिए ।