राजनीति

एमाले स्थायी कमिटी बैठक बस्दै, माधव पक्षका १२ नेतालाई के गर्ला ?


काठमाडौँ – नेकपा एमालेको स्थायी कमिटीको बैठक बस्दै छ । आज बिहान ११ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बस्न लागेको केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिनुभयो । यसअघि दुईपटक मिति तोकेर सारिएको नेकपा एमालेको स्थायी कमिटी बैठक आज (मंगलबार) बस्न लागेको हो । ।

बैठकमा घनश्याम भुसालसहित स्पष्टीकरण नदिएका माधव नेपाल पक्षका १२ नेतालाई कारबाही, बजेटको समीक्षालगायत समसामयिक विषयमा छलफल गरिने नेताहरूले बताएका छन् ।