राजनीति

एमालेको बैठक फेरि पनि स्थगित


काठमाडौँ – नेकपा एमालेले स्थायी कमिटीको बैठक सोमबार पनि स्थगित भएको छ । आज १० बजे बस्ने भनिएको बैेठक मंगलबार बस्ने ११ बजे बस्ने गरी स्थगित भएको हो ।
बैठक भोलीका लागि सारिएको एमाले केन्द्रीय सदस्य तथा कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिएका हुन् । “बैठक मंगलबार बिहान ११ बजेलाई तय भएको छ, समसामयिक राजनीतिक विषयमा छलफल हुनेछ,” उनले भने ।

यसअघि पनि आईतबार बस्न नसकेको सोही बैठक आजको लागि तय गरिएको थियो । हिजो साँझ ५ बजे बस्नु पर्ने बैठक आजको लागि सारिएको थियो । यही बैठक दुई पटकसम्म सरिसकेको छ । बैठक सर्नुको ठोस कारण भने आज लुम्बिनी प्रदेशमा हुन लागेको राष्ट्रियसभा उपनिर्वाचनका कारण भएको नेताहरूले जनाएका छन् । आजको बैठकमा स्पष्टीकरण सोधिएका १२ जना सांसदहरूको जवाफ र कारबाहीका विषयमा छलफल हुने बताइएको थियो ।