राजनीति

ओलीले बोलाए स्थायी कमिटी बैठक, माधव पक्षका १२ सांसद कारबाही गर्ने तयारी


काठमाडौँ – नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार दिउँसो आफ्नो पार्टीको स्थायी कमिटी बैठक बोलाएका छन् ।

ओलीले साँझ ५ बजे आफ्नो सरकारी निवास बालुवाटारमा एमाले स्थायी कमिटी बैठक बोलाएको एक नेतालेले जानकारी दिनुभयो । आइतबारको बैठकबाट पछिल्लो पटक ओलीले स्पष्टीकरण सोधेका माधवकुमार नेपाल पक्षका थप १२ जना सांसदहरुलाई कारबाही गर्ने अनुमान गरिएको छ।

ओली पक्षको स्थायी कमिटी बैठकले यही जेठ ८ गते नेता नेपालसहित ११ जनालाई पार्टीको साधारण सदस्यता समेत नरहनेगरी पार्टीबाट निकालेको थियो।