राजनीति

संसदीय दलका नेता शाहले सोध्यो बोहरालाई स्पष्टीकरण


काठमाडौँ – नेकपा एमाले सुदूरपश्‍चिमको संसदीय दलले एमाले अध्यक्ष केपी शर्मा ओली समूहका सांसदलाई स्पष्टीकरण सोधेको छ। संसदीय दलका नेता प्रकाशबहादुर शाहले ओली समूहका सांसद तथा पूर्वभौतिक पूर्वाधार विकासमन्त्री पठानसिंह बोहरालाई स्पष्टीकरण सोधेका हुन्।
शाहले बोहरालाई लेखेको पत्रमा स्वयं उपस्थित भएको संसदीय दल बैठकको निर्णयविरुद्ध सार्वजनिक अभिव्यक्ति दिएको, निर्णय कार्यान्वयनमा बाधा सिर्जना गरी गुटबन्दी गरेको लगायतका विषयमा जवाफ मागिएको छ ।
‘१२ गते धनगढीमा सम्पन्‍न नेकपा एमाले सुदूरपश्‍चिम प्रदेश, प्रदेशसभा दलको बैठकमा तपाई स्वयंको उपस्थितीमा भएका निर्णयहरूविरुद्ध तपाईंले दिनुभएका सार्वजनिक अभिव्यक्तिप्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ,’ स्पष्टीकरण पत्रमा भनिएको छ । दलका नेता शाहले बोहरालाई जेठ १६ गते साँझ ५ बजेभित्र जवाफ मागेका छन् । तथ्यसंगत जवाफ नदिएमा संसदीय दलको विधान बमोजिम कारबाही गर्ने चेतावनी दिइएको छ ।