राजनीति

विपक्षी गठबन्धनका शीर्ष नेताहरू बूढानीलकण्ठमा


काठमाडौँ – कांग्रेस सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा विपक्षी गठबन्धनका शीर्ष नेताहरू छलफलमा जुटेका छन् ।
कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एमालेको माधव कुमार नेपाल पक्ष र जसपाको उपेन्द्र यादव पक्षका शीर्ष नेताहरू छलफलमा जुटेका हुन् ।

छलफलमा कांग्रेस सभापति देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेता कृष्णबहादुर महरा, एमालेबाट माधवकुमार नेपाल, भीम रावल तथा जसपाबाट डा.बाबुराम भट्टराई, उपेन्द्र यादव लगायत सहभागी छन् ।

प्रतिनिधि सभा विघटनविरुद्धको मुद्दा सर्वोच्चमा अगाडि बढिसकेको अवस्थामा भावी रणनीति तय गर्न नेताहरू छलफलमा जुटेको स्रोतको दाबी छ ।