मौसम

आज पनि हावाहुरीसहित वर्षाको सम्भावना


काठमाडौँ – आइतबार (आज) मौसम बिहानैदेखि पहिलेको तुलनामा परिवर्तन भइ देशका केही स्थानमा घामका किरण देखिएको छ । राष्ट्रिय जल तथा मौसम पूर्वानुमान महाशाखाले देशभर मौसमको प्रभावबारे विवरण सार्वजनिक गर्दै आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रही थोरै स्थानहरूमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षा को सम्भावना रहेकोले सतर्क रहन आग्रह गरिएको छ ।
साथै, राति पनि देशभर आंशिकदेखि सामान्य बदली रही प्रदेश १, प्रदेश २ बागमती प्रदेशका केही स्थानहरूमा तथा बाँकी पहाडी प्रदेशको एक–दुई स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । यसैगरी प्रदेश १ र प्रदेश २ का एक–दुई स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।