खेलकुद

इराकसँग नेपालको हार


काठमाडौँ – इराकसँगको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा नेपाल ६–२ गोल अन्तरले पराजित भएको छ । इराकको बास्रामा नेपालले सुरुवातमा राम्रो प्रदर्शन गरे पनि त्यसलाई टिकाइराख्न सकेन । इराकले खेलको सातौं मिनेटमा नै अग्रता बनाएको थियो ।

सातौं मिनेटमा पाएको फ्रिकिकको सदुपयोग गर्दै इराकका आला अब्दुलले उत्कृष्ट गोल गरेका थिए। तर त्यसको एक मिनेट बित्न नपाउदै नेपालले गोल फर्कायो । नेपालका लागि अञ्जन विष्टले प्रहार गरेको बल अहमद इब्राहिम खलाफले बचाउन खोज्दा गोल भएको थिए । नेपालले पहिलो हाफमा ४ र दोस्रो हाफमा २ गोल ब्यहोरेको हो । २९औं मिनेटमा मनिस डाँगीले गोल गर्दै नेपाललाई २–१ को अग्रता दिलाए । मनिसले यही खेलमार्फत राष्ट्रिय टिममा डेब्यु गरेका हुन् र उनले डेब्यु खेलमै गोल गरेका हुन् ।

३९औं मिनेटमा मोहम्मद अब्दुलजाहराले बराबरी गोल फर्काए । त्यसपछि भने नेपाली टिम खेल बिग्रिएको थियो । लगत्तै अर्को मिनेटमा अयेन हुसेनले गोल गर्दै इराकलाई ३–१ को अग्रता दिलाए । पहिलो हाफको इन्जुरी टाइममा अयमन हुसेनले व्यक्तिगत दोस्रो गोल गर्दै इराकलाई ४–२ को अग्रता दिलाए ।

दोस्रो हाफमा मैदान उत्रिएको नेपालली टिमले खेलको ६७ औं मिनेटमा मोहम्मेद रिदा एल एलायमीले गोल गर्दै पाँचौं गोल खायो । तुलनात्मक रुपमा नेपाली खेलाडी भन्दा शारीरिक रुपमा बलियो भएका इराकका खेलाडीले ७५औं मिनेटमा सजाद जसमी अलसाराफीले गोल गर्दै ६–२ को अग्रता दिलाए ।

अब नेपाली टिम आज कुवेत जानेछ । नेपालले विश्वकप छनोटका बाँकी खेलहरु कुवेतमा खेल्नेछ । नेपालले कुवेतमा जुन ३ तारिखमा चाइनिज ताइपेई, जुन ७ तारिखमा जोर्डन र जुन ११ तारिखमा अस्ट्रेलियासँग खेल्नेछ ।