देश

कर्मचारीको तलबमा वृद्धि


काठमाडौँ – सरकारले निजामति कर्मचारीको तलब मासिक २ हजार रुपैयाँ वृद्धि गरेको छ । आर्थिक वर्ष २०७८र७९ को बजेट सार्वजनिक गर्दै अर्थमन्त्री विष्णु पौडेलले यस्तो घोषणा गरेका हुन्।
आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै सरकारले बढाएको तलब साउन १ गतेदेखि लागू हुनेछ । कर्मचारीका लागि महंगी भत्तालाई निरन्तरता दिँदै हालको प्रतिकुल अवस्थालाई ख्याल गर्दै यो रकम वृद्धि गरिएको अर्थमन्त्री पौडेलले जानकारी गराए ।
सरकारले कर्मचारीलाई सहुलियत आवास सुविधा पनि उपलव्ध गराउने घोषणा गरेको छ । पाउदै गरेको महँगी भत्तालाई निरन्तरता दिएको छ ।