समाचार

मल खरिदका लागि १२ अर्ब बजेट विनियोजन


काठमाडौँ – सरकारले विगतको वर्षमा परेको मलको अभावलाई ध्यानमा राखी अनुदानको रासायनिक मल खरिद गर्न १२ अर्ब रुपैयाँ बजेट विनियोजन गरेको छ । आर्थिक वर्ष २०७८र०७९ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेलले यस्तो जानकारी दिएका हुन् । चालु आर्थिक वर्षको तुलनामा रासायनिक मल खरिदका लागि नयाँ बजेटमा एक अर्ब रुपैयाँले रकम वृद्धि भएको हो ।

चालु आर्थिक वर्षमा सरकारले मल खरिदका लागि ११ अर्ब रुपैयाँ विनियोजन गरेको थियो । नेपालमा हरेक वर्ष वाली लगाउनका लागि किशानहरुलाई मलको अभाव हुँदै आएको छ ।