राजनीति

शैक्षिक पत्र धितो राख्दा २५ लाखसम्म कर्जा पाउने


काठमाडौँ — अर्थमन्त्री विष्णु पौडेलले स्नातक वा सो भन्दामाथि शैक्षिक योग्यता हासिल गरेका युवालाई आफूले प्राप्त गरेको शैक्षिक प्रमाणपत्र धितो राखी अधिकतम पाँच प्रतिशत व्याजदरमा २५ लाखसम्म कर्जा उपालब्ध गराउने बताएका छन् ।

शनिबार आगामी आर्थिक वर्ष २०७८/७९ को बजेट सार्वजनिक गर्दै उनले २५ लाखसम्म सहुलियतपूर्ण कर्जाको व्यवस्था गरिने बताएका हुन् ।