देश

ज्येष्ठ नागरिकको मासिक भत्ता ४ हजार रुपैयाँ पुग्यो


काठमाडौँ – सरकारले ज्येष्ठ नागरिकको मासिक भत्ता बढाएको छ। सरकारले आगामी आर्थिक वर्षदेखि ज्येष्ठ नागरिकको मासिक भत्ता ४ हजार रुपैयाँ पुर्‍याएको छ ।

अर्थमन्त्री बिष्णु पौडेलले अध्यादेशमार्फत आर्थिक वर्ष २०७८/७९ को बजेट वक्तव्य सार्वजनिक गर्दै आगामी आर्थिक बर्षदेखि मासिक भत्ता ४ हजार पुर्‍याइएको जानकारी दिनुभएको हो ।

साथै उहाँले सबै प्रकारका सामाजिक सुरक्षा भत्तामा ३३ प्रतिशत बृद्धि गरेको पनि बताउनुभयो ।