खेलकुद

आईपीएलको बाँकी खेल यूएईमा खेलिने


काठमाडौँ – कोरोनाभाइरसको दोस्रो लहर आएसँगै महामारीका कारण स्थगित भएको १४ औं सस्करणको इन्डियन प्रिमियर लिग(आईपीएल) टी–ट्वान्टी क्रिकेटका बाँकी खेलहरु संयुक्त अरब इमिरेन्ट्स् (युएई) मा हुने भएको छ ।

आठौँ चरणका खेलहरु भईरहदा केही खेलाडी र अफिसियललाई कोरोना देखिएपछि खेल स्थगित गरिएको थियो । भारतीय क्रिकेटको माथिल्लो तह भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई)ले शनिबार एक विज्ञप्ति जारी गर्दै आईपीएलका बाँकी खेलहरु यूएईमा हुने जनाएको हो।

आउँदो सेप्टेम्बरदेखि अक्टोबरसम्म यूएईमा खेल गर्ने जनाइएको छ । बाँकी ३१ खेलहरु २५ दिनभित्र सक्ने बीसीसीआईको योजना छ । बीसीसीआईले आईपीएलका बाँकी खेल यूएई वा इङल्यान्डमध्ये एक ठाउँमा खेलाउने बारेमा सोचे पनि अन्ततः युएईमा नै लिग गराउने निष्कर्षमा पुगेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।