अर्थनीति

अध्यादेशमार्फत् आज ४ बजे बजेट सार्वजनिक हुँदै


काठमाडौँ – आगामी आर्थिक वर्ष २०७८र७९ को बजेट शनिबार अपरान्ह ४ बजे सार्वजनिक हुँदैछ । मूलतः कोरोना (कोभिड–१९) संक्रमण नियन्त्रण र आर्थिक पुनरुत्थानमा केन्द्रित रहेर सरकारले शनिबार सिंहदरबारबाट आगामी आर्थिक वर्ष २०७८/७९ को वार्षिक अनुमानित आय–व्यय विवरण सार्वजनिक गर्न लागिएको हो ।

राष्ट्रपति विद्यादेवी भण्डारीबाट अध्यादेश जारी भएपछि अर्थमन्त्री विष्णु प्रसाद पौडेलले बजेट सार्वजनिक गर्ने छन् । बजेट प्रधानमन्त्री कार्यालयबाट अपराह्न ४ बजे सार्वजनिक हुने अर्थ मन्त्रीका प्रेस सल्लाहकार भुवन केसीले जानकारी दिए ।

सरकारले करीब १६ खर्ब हाराहारी आकारमा बजेट ल्याउने तयारी गरेको छ । संसद विघटन भए पनि १५ जेठमा बजेट ल्याउनै पर्ने संवैधानिक बाध्यता रहेको मन्त्रालयको भनाइ छ ।

बजेट सार्वजनिक गर्ने कार्यक्रममा प्रधानमन्त्री, मन्त्रिपरिषदका सदस्य, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष, गभर्नरलगायत सहभागी हुनेछन् ।