प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार सिंहदरबारबाट राष्ट्रका नाममा गरेको सम्बोधनको पूर्णपाठ –
आदरणीय दिदीबहिनी तथा दाजुभाइहरू,
१. गएको बैशाख २० गते कोभिड महामारीको दोस्रो लहरका सम्बन्धमा यहाँहरूसँग सम्वाद गरेको थिएँ । कोभिडको यो लहर निकै सङ्क्रामक र बढी घातक रहेको एवं यसको रोकथाम तथा नियन्त्रणका लागि राज्यका सबै संयन्त्र परिचालित गरिएको बताएको थिएँ । सङ्क्रमणको साङ्लो चुँडाउन निषेध आदेशको पालना गर्न र महामारी नियन्त्रणका लागि सरकारले चालेका कदममा साथ दिन आग्रह गरेको थिएँ ।
२. त्यस यताका पच्चीस दिन हाम्रा लागि निकै कष्टकर रहे । यस अवधिमा थप दुई लाख व्यक्ति सङ्क्रमित हुनुभयो । तीन हजारभन्दा बढीले ज्यान गुमाउनु भयो । अक्सिजन र शय्या व्यवस्थापनका लागि यो समय निकै चुनौतीपूर्ण रह्यो । लिक्विड अक्सिजन आयातमा समस्या पैदा भयो । अक्सिजन सिलिण्डरको अभाव खट्कियो ।
३. समाधानका लागि हामीले सम्पूर्ण शक्ति केन्द्रित गर्यौं । त्यसले गर्दा अहिले स्थितिमा सुधार आएको छ । भारतबाट लिक्विड अक्सिजनको नियमित र थप मात्रा आपूर्ति हुन थालेको छ । अन्य उद्योगमा रहेका हजारौं अक्सिजन सिलिण्डर सङ्कलन गरी अस्पतालहरूमा पठाइएको छ । अक्सिजन प्लान्टहरूलाई पूर्ण क्षमतामा सञ्चालन गरिएको छ । अक्सिजन उद्योगलाई विद्युत् महसुलमा छुट दिने व्यवस्था गरिएको छ । नागरिकको जीवनरक्षाका लागि विदेशबाट एयरलिफ्ट गरेर समेत सिलिण्डर ल्याइएको छ । अस्पतालहरूमा अक्सिजन प्लान्ट जडान गर्न पर्याप्त रकम पठाइएको छ । मित्रराष्ट्रहरूको सहयोगमा उल्लेख्य सङ्ख्यामा भेण्टिलेटर र अक्सिजन कन्सन्ट्रेटर लगायत स्वास्थ्य सामग्री भित्रिएका छन् ।
४. कोभिडविरुद्धको हाम्रो लडार्इँमा महत्वपूर्ण सहयोग गर्ने भारत, चीन र यसका सिचुवान तथा तिब्बत प्रान्तीय सरकारहरू, अमेरिका, स्पेन, बेलायत, जापान, अष्ट्रेलिया, स्वीट्जरल्याण्ड, जर्मनी, थाइल्याण्ड, सिङ्गापुर, न्यूजिल्याण्ड, फिनल्याण्ड लगायत मित्र राष्ट्रहरूप्रति हामी आभारी छौं । चिनियाँ रेडक्रस, तेमासेक फाउण्डेशन सिङ्गापुर, डाइरेक्ट रिलिफ अमेरिका, रोयल थाई मोनास्ट्री लगायत परोपकारी संस्थाबाट पनि सहयोग प्राप्त भएको छ । आफ्नो गाँस कटाएर अक्सिजन सिलिण्डर पठाउने खाडी क्षेत्रमा कार्यरत नेपाली श्रमिकप्रति सम्मान व्यक्त गर्न चाहन्छु । गैरआवासीय नेपाली सङ्घ र देशका उद्यमी, व्यवसायी र समाजसेवी लगायत सबै सहयोगीहरू धन्यवादका पात्र हुनुहुन्छ ।
५. कोभिड १९ जस्तो ठूलो महामारीको सामना गर्न एकीकृत, समन्वयात्मक र “समग्र राष्ट्र” रणनीति आवश्यक पर्दछ । यसै खाँचोलाई पूर्ति गर्न “कोभिड सङ्कट व्यवस्थापन अध्यादेश २०७८” जारी गरिएको छ । यसबाट राज्यको सम्पूर्ण शक्ति कोभिड विरुद्ध परिचालित गर्ने बाटो सहज भएको छ । अध्यादेशको व्यवस्था बमोजिम प्रधानमन्त्रीको अध्यक्षतामा निर्देशक समिति र यस मातहत चौबिसै घण्टा खटिने गरी कोभिड सङ्कट व्यवस्थापन केन्द्र स्थापना भएको छ । वीर अस्पताललाई कोभिड युनिफाइड केन्द्रीय अस्पताल तोकिएको छ । यहाँबाट कोभिड बिरामीहरूले स्क्रिनिङ, डायग्नोस्टिक, उपचार र अन्य सेवा पाउनुहुनेछ । वीर अस्पतालले जुनसुकै अस्पताल, संस्थान र मेडिकल कलेजहरूलाई कोभिडको उपचारमा समन्वयात्मक ढङ्गले परिचालन गर्नेछ । आवश्यकता अनुसार स्वास्थ्य सङ्कटकाल लगाउन सकिने व्यवस्था गरिएको छ ।
६. कोभिड उपचारका लागि १५७ अस्पतालहरू सूचीकृत भएका छन् । कोभिडको निस्शुल्क उपचारका लागि ४५ निजी अस्पतालसँग सम्झौता गरिएको छ । महामारी सुरु भएको एक वर्षको अवधिमा भेण्टिलेटरको सङ्ख्या ३२७ बाट ९०४, आइसियु बेड २६०० बाट ३००० पुर्याइएको छ । अस्पतालमा २८५३ हाइडिपेन्डेन्सी युनिट ९एचडियु० थप भएका छन् । ९०० अक्सिजन कन्सन्ट्रेटर थपिएका छन् । छिटै १८० भेन्टिलेटर, ६३० आइसियु, १४०० एचडियु र १९ अक्सिजन प्लान्ट थपिनेछन् ।
७. कोभिड महामारीमाथि निर्णायक विजयका लागि खोप अनिवार्य छ । हालसम्म हामीलाई अनुदानबाट प्राप्त ३२ लाख २८ हजार डोज र खरिदबाट उपलब्ध १० लाख डोजबाट खोप अभियान अगाडि बढाएका छौं । पहिलो मात्रा खोप लगाएक�


प्रतिक्रिया