राजनीति

राष्ट्रिय सभा सदस्य देवकोटाले लिए पद तथा गोपनीयताको शपथ


काठमाडौँ – राष्ट्रिय सभाको उपनिर्वाचनबाट निर्वाचित डा. खिमलाल देवकोटाले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् ।

शुक्रबार संघीय संसद सचिवालयमा डा. देवकोटालाई राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले शपथ गराएका हुन् । वागमती प्रदेश अन्तर्गत रिक्त रहेको स्थानमा जेठ ६ गते भएको उपनिर्वाचनबाट उनी नेकपा एमालेका उम्मेदवार रामबहादुर थापालाई हराउँदै निर्वाचित भएका थिए ।

देवकोटाले स्वतन्त्र रुपमा उम्मेदवारी दिए पनि उनलाई नेपाली कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी र नेकपा एमालेको नेपाल–खनाल समूहको समर्थन रहेको थियो ।