मौसम

देशभरको मौसममा बदली, भारी वर्षाको सम्भावना


काठमाडौँ – शुक्रबार बिहान देशका धेरै स्थानमा मेघगर्जन,चट्याङ, हावाहुरीसहित हल्कादेखि भारी वर्षा हुने काठमाडौंस्थित मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार दिउँसो पनि पानी पर्ने क्रम जारी रहनेछ भने पाँचवटा प्रदेशका केही स्थानमा निकै ठूलो वर्षा हुने र हावाहुरीसमेत आउने सम्भावना छ।

हिमाली र उच्च पहाडी भूभागमा हल्कादेखि मध्यम हिमपात र वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । उच्च हिमाली र पहाडी भूभागका धेरै स्थानहरूमा हल्कादेखि मध्यम हिमपात र वर्षा हुनेछ । गण्डकी प्रदेशका केही स्थानमा, बागमती प्रदेश, प्रदेश १ तथा सुदूरपश्चिम प्रदेशका उच्च हिमाली र पहाडी भूभागका केही स्थानमा भारी हिमपातको सम्भावना रहेको पूर्वानुमान छ । प्रदेश १, प्रदेश २, लुम्बिनी, गण्डकी तथा बाग्मती प्रदेशका थोरै स्थानमा भारी वर्षा हुने सम्भावना रहेको छ ।