देश

धारिलो हतियार प्रहार गरी बुबाले गरे छोराको हत्या


काठमाडौँ – बिहीबार बाँकेमा एक बाबुले आफ्नै छोराको हत्या गरेको छ । कोहलपुर नगरपालिका– १२ चपरगौडीमा ६२ वर्षीय बाबुले १७ वर्षीया छोरालाई धारिलो हतियार प्रयोग गरी हत्या गरेको हो ।
बाबु ठाकुरप्रसाद ओलीले छोरा कृष्ण ओलीको गर्धनमा हसिया प्रहार गरेर हत्या गरेको प्रहरीले जनाएको छ । प्रहरीको प्रारम्भिक अनुसन्धानले घरायसी विवादका कारण हत्या भएको हुनसक्ने देखाएको छ । अहिलो प्रहरीे बुबालाई नियन्त्रणा लिएको छ ।
‘यसअघि पनि छोरा लागूऔषधमा फसेको भन्दै घरमा विवादका भइरहेको इलाका प्रहरी कार्यालय कोहलपुरका इनसपेक्टर होमप्रसाद चौधरीले बताएका छन् ।