कोरोना विशेष

कोरोनाको उत्पत्तिबारे पत्ता लागउन बाइडेनले दिए तीन महिने समयसीमा


काठमाडौँ – कोरोनाभाइरसको उत्पत्तिको विषयमा बढ्दो विवादका बीच अमेरिकी राष्ट्रपति जो बाइडेनले इन्टेलिजेन्स एजेन्सीलाई यसबारे पत्ता लगाउन तीन महिनाको अल्टिमेटम दिएका छन् । बाइडेनले एक बयान जारी गर्दै बाइडेनले अमेरिकी इन्टेलिजेन्स एजेन्सीलाई आफ्नो प्रयासलाई तीब्रता दिन र ९० दिनभित्र यसको रिपोर्ट पेश गर्न आदेश दिएका छन् ।

चिनियाँ प्रशासनले संक्रमणको पहिलो सम्बन्ध ऊहानको एउटा सीफूड मार्केटसँग भएको पाएको थियो । वैज्ञानिकले यो भाइरस जनावरबाट मानिसमा पुगेको मान्यता राखेका छन् । तर हालै अमेरिकी मिडियामा सार्वजनिक भएको खबर अनुसार केही प्रमाण यस्ता पनि छन् जसले यो भाइरस चीनको एक प्रयोगशालाबाट लिक भएको भन्ने तर्फ इशारा गर्दछ । तर चीनले यसलाई ठाडो अस्वीकार गरेको छ । साथै चीनले यो भाइरस अमेरिकाको कुनै प्रयोगशालाबाट निस्किएको बताउँदै आएको छ ।
कोरोना भाइरसको संक्रमणको सबैभन्दा पहिलो मामिला डिसेम्बर २०१९ मा चीनको ऊहान शहरमा भेटिएको थियो । त्यतिबेलादेखि हालसम्म संसारभरी यसका १६ करोड ८० लाखभन्दा बढी संक्रमित भेटिइसकेका छन् र कम्तीमा ३५ लाखको ज्यान गइसकेको छ ।