विदेश

बैठकमै गोली चल्दा अमेरिकामा नौ जनाको मृत्यु


काठमाडौँ – अमेरिकामा एक सरकारी कर्मचारीले बैठक चलिरहेकै ठाउँमा अन्धाधुन्द गोली चलाएका छन् । सो घटनामा बैठकमा संलग्न ९ जनाले ज्यान गुमाएका छन् । अमेरिकी समय अनुसार बुधबार बिहान भएको उक्त घटनामा गोली चलाउने कर्मचारीको पनि मृत्यु भएको अन्तर्राष्ट्रिय समाचारमाध्यमले जनाएको छ ।
क्यालिफोर्नियाको स्यान होजेस्थित रेल यार्डमा कार्यरत ५७ वर्षीय स्यामुएल कसिडीले रेल कर्मचारीको बैठक बसिरहेको बेला बैठकमा सहभागी कर्मचारीलाई गोली प्रहार गरेपछि आफैलाई गोली हानेर आत्महत्या गरेका प्रहरीको भनाइ छ ।
घटनाअघि ती कर्मचारीले आफ्नो घरमासमेत आगो लगाएका पाइएको अधिकारीहरुले जनाएका छन् ।