कोरोना विशेष

चिनियाँ राष्ट्रपतिद्वारा नेपाललाई १० लाख डोज कोरोनाविरुद्धको खोप दिने घोषणा


काठमाडौँ – चीनले नेपाललाई १० लाख डोज कोरोना भाइरसविरुद्धको खोप अनुदान दिने भएको छ । बुधबार नेपाल र चीनका राष्ट्रपतिबीचको टेलिफोन वार्तामा चिनियाँ राष्ट्रपति सी जिनपिङले १० लाख डोज खोप दिने घोषणा गरेका हुन् ।

टेलिफोन वार्ताका क्रममा राष्ट्रपति भण्डारी नेपाल सबै नेपालीलाई पुग्ने खोप चीनबाट किन्न इच्छुक रहेको उल्लेख गर्दै त्यसका लागि पहल गरिदिन अनुरोध गर्नुभएको थियो । जवाफमा राष्ट्रपति चिनफिङले नेपालजस्तो मित्र राष्ट्रलाई सहयोग गर्न आफूले पहल गर्ने बताएका थिए ।

बुधबार दिउँसो चिनियाँ समकक्षी सी चिनफिङ र राष्ट्रपति भण्डारीबीच पौने घन्टा टेलिफोन वार्ता भएको थियो ।