समाचार

नेपालमा कोरोनाको ग्राफ ओरालो लाग्दै, नयाँ संक्रमित भन्दा निको हुनेको संख्या धेरै


काठमाडौँ – कोरोना भाइरस संक्रमणको दोस्रो लहर सुरु भएदेखि नै तीब्र रुपमा बढिरहेको कोरोना बुधबार भने नयाँ संक्रमितभन्दा संक्रमणमुक्त हुनेको संख्या धेरै छ । पछिल्लो २४ घण्टामा नेपालमा ६ हजार ७१४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने ६ हजार ७१६ संक्रमणमुक्त भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पीसीआर विधिबाट १९ हजार ३० र एन्टिजेन विधिबाट ३२२ जनाको परीक्षण गर्दा ६ हजार ७१४ जनामा संक्रमण पुष्टि भएको हो । नेपालमा कोरोनाको दोस्रो लहर सुरु भएदेखि नयाँ संक्रमितभन्दा संक्रमणमुक्त हुनेको संख्या धेरै भएको यो पहिलो पटक हो ।