राजनीति

२४ घण्टे अल्टिमेटमसहित नेपाल पक्षका थप १२ जनालाई स्पष्टीकरण पत्र पठाइयो


काठमाडौँ – नेकपा एमालेले प्रतिनिधिसभा विघटनविरुद्ध कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन माग गर्दै सर्वोच्च अदालत पुगेका १२ जना नेतालाई स्पष्टीकरण सोधेको छ । उनीहरुलाई २४ घण्टे अल्टिमेटमसहित स्पष्टीकरण पत्र पठाएको पार्टी केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिनुभयो ।

घनश्याम भुषाल, सुरेन्द्र पाण्डे, विरोध खतिवडा, झपट रावल, जीवनराम श्रेष्ठ, सोमप्रसाद पाण्डे, दीपकप्रसाद भट्ट, कृष्णलाल महर्जन, नारायण खतिवडा, मेटमणी चौधरी, भवानीप्रसाद खापुङ र यज्ञराज सुनुवारलाई स्पष्टिकरण पत्र पठाइएको बताइएको छ ।

गत सोमबार ओली पक्षीय स्थायी कमिटी बैठकले माधवकुमार नेपालसहित ११ जना सांसदलाई पार्टी सदस्यताबाट निश्कासनका साथै यी १२ जना सांसदलाई २४ घण्टे अल्टिमेटमसहित स्पष्टीकरण पत्र पठाउने निर्णय गरेको थियो ।