राजनीति

चिनियाँ कम्युनिस्ट पार्टी र नेपालका शीर्ष नेताबीच छलफद हुँदै


काठमाडौँ – चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) र नेपालका विभिन्न राजनीतिक दलका शीर्ष नेताबीच बुधबार नेपाली समय अनुसार १२ः४५ मा छलफल हुने भएको छ । भर्चुअल माध्यमबाट हुने छलफलमा सीपीसीका अन्तर्राष्ट्रिय विभाग प्रमुख सोङ ताओले नेपालका प्रमुख राजनीतिक दलका शीर्ष नेताहरुसँग छलफल गर्न लागेका हुन् ।
जुममार्फत हुने छलफलमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, नेकपा एमालेका महासचिव ईश्वर पोखरेल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेको सहभागिता रहने छ ।
छलफलमा कोरोना महामारी नियन्त्रण र चीन–नेपाल आपसी सम्बन्धलगायतका विषयमा कुराकानी हुने बताइएको छ ।