कोरोना विशेष

कोरोना खोपको आयात पहिलो प्राथमिकता : प्रधानमन्त्री ओली


काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना खोपको पहिलो प्राथमिकता भएको बताउनुभएको छ । कोभिड–१९ संकट व्यवस्थापन अध्यादेशअनुसार बनेको कोभिड–१९ निर्देशक समितिको पहिलो बैठकमा अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीले चाँडै खोप ल्याउनुपर्नेमा जोड दिनुभयो ।

प्रधानमन्त्री कार्यालयका सचिव खगराज बरालले भन्नुभयो, प्रधानमन्त्रीज्यूले खोप पहिलो प्राथमिकता हो भन्नुभएको छ ।’ साथै प्रधानमन्त्री ओलीले अन्तर्राष्ट्रिय सहयोग स्वरुप आएका स्वास्थ्य सामग्रीहरुलाई समानुपातिक र यथोचित रुपमा वितरण गर्न निर्देशन दिनुभएको छ ।