राजनीति

प्रधानमन्त्रीविरुद्ध अवहेलनाको मुद्दा लिएर कानुन व्यवसायी सर्वोच्चमा


काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले अदालतको फैसला नमानी संसद विघटन गरेर अदालतको अवहेलना गरेको भनि कारबाहीको माग गर्दै कानुन व्यवसायी रिट लिएर सर्वोच्च अदालत पुगेका छन् ।

सर्वोच्च अदालतको २०७७ फागुन ११ गतेको फैसलाविपरीत प्रधानमन्त्री ओलीले पुनः प्रतिनिधि सभा विघटन गरेर अदालतको गम्भीर अवहेलना गरेकाले कारबाहीको माग रिटमा गरिएको छ । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले प्रधानमन्त्री ओलीले सर्वोच्च अदालतले गरेको प्रतिनिधिसभा पुनर्बहालीलाई असफल गराउने बदनियत राखेको र वदनियतपूर्ण तरिकाले संसद भंग गरेको भन्दै अवहेलना मुद्दा लिएर गएका हुन् । यो रिट दर्ता भने भइसकेको छैन ।

वरिष्ठ अधिवक्ता त्रिपाठीले २४ घण्टाभित्र प्रधानमन्त्री ओलीलाई अदालतमा उपस्थित गराई न्याय प्रशासन ऐन, २०७३ को दफा १७ (४) बमोजिम हदै सम्म सजायको माग गरेका छन् ।