देश

कांग्रेस पदाधिकारी बैठक भोलि बिहान बस्ने


काठमाडौँ – नेपाली कांग्रेसको पदाधिकारी र पूर्वपदाधिकारीको बैठक बुधबार बस्ने भएको छ । कांग्रेस पदाधिकारी र पूर्वपदाधिकारीको बैठक भोलि बिहान ९ बजे बस्ने भएको हो ।

पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार बैठक भोलि बिहान ९ बजेका लागि सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बोलाइएको छ।

बैठकमा मुलुकको पछिल्लो राजनीतिक अवस्था र पार्टीको १४औं महाधिवेशनबारे छलफल हुने बताइएको छ ।