राजनीति

विपक्षी गठबन्धनका शीर्ष नेताहरुको सिंहदरबारमा छलफल जारी


काठमाडौँ – विपक्षी गठबन्धनका शीर्ष नेताहरु छलफलका जुटेका छन् । सिंहदरबारमा कांग्रेस, माओवादी केन्द्र, एमालेबाट निष्कासित माधव नेपाल समूह र जसपाका नेताहरुबीच छलफल जारी छ । प्रतिनिधिसभा पुनःस्थापना र कांग्रेस सभापति देउवालाई प्रधानमन्त्री बनाउन माग गर्दै सर्वोच्चमा रिट हालेका विपक्षी गठबन्धनका नेताहरु छलफलमा जुटेका हुन् ।

सोमबार विपक्षी गठबन्धनका १४६ जना सांसदहरुले संसद विघटन बदर र देउवालाई प्रधानमन्त्री बनाउन माग गर्दै सर्वोच्चमा रिट हालेका थिए ।