राजनीति

ओलीले गरेको कारबाही औचित्यहीन, अनाधिकारिक र अर्थहीन : माधव नेपाल


काठमाडौँ – नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले आफ्नो समूहका नेताहरुमाथी गरिएको कारबाही औचित्यहिन र अर्थहिन रहेको टिप्पणी गर्नुभएको छ । सामाजिक सञ्जाल फेसबुकमार्फत अपिल जारी गर्दै नेता नेपालले केपी शर्मा ओलीका कारण एमाले विभाजनको अवस्थामा पुगेको र अध्यक्ष ओलीले एमाले विभाजन गर्ने काम फत्ते गरेको भन्दै कारबाहीको कुनै अर्थ नहरहेको स्पष्ट पार्नुभएको हो ।

नेता नेपालले जारी गरेको अपिलमा भनिएको छ ‘कमरेड जेएन खनाल, म, क. मुकुन्द न्यौपाने, क. भीम रावलसहित ११ जना माथि कारबाही भन्दै पार्टी सदस्यबाटसमेत निष्कासन गर्ने कार्य गरिएको भनिएकोमा उक्त कारबाही औचित्यहिन, अनाधिकारिक र अर्थहिन रहेको कुरा स्पष्ट पार्दछु,’ ।

सोमबार बालुवाटामा बसेको बैठकले खनाल–नेपाल समूहका ११ जनालाई पार्टीबाट निष्कासन गर्ने निर्णय गरेको थियो ।