कोरोना विशेष

सर्वोच्चकै अघि कोरोना भूलेर यस्तो भीड, नेता, प्रहरी र पत्रकार उस्तै अवस्थामा (भिडियोसहित)


काठमाडौँ – देश कोरोना महामारीबाट जुधिरहेको छ । यसको नियन्त्रणका लागि सरकारले लकडाउन जारी राखेको छ । तथापी संसद पुनस्थापनाका लागि सोमबार सर्वाेच्च अदालत पुगेको सांसद, गैरसांसद नेताहरु, सुरक्षाकर्मी र सञ्चारकर्मीहरुको उपस्थीतिले निक्कै ठूलो भीड श्रृजना गर्याे भने संक्रमणको जोखिम बढाएको छ ।

यो सोमबार दिउँसो सर्वाेच्च अदालत परिसरको दृश्य हो । निषेधाज्ञाकै समयमा देखिएको यो भीडले कोरोना भाइरस फैलावटको संसय पैदा गराएको छ । यो भीड प्रतिनिधिसभा पुनस्थापनाका लागि सर्वाेच्च अदालतमा रिट दायर गर्दा देखिएको हो ।

झण्डै दुई सय भन्दा पत्रकार तथा सञ्चारकर्मी, १४६ जना सांसदहरु, केही गैरसांसद नेताहरु, पूवृप्रधानमन्त्रीहरु पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमार नेपाल, झलनाथ खनाल, डा बाबुराम भट्टराईसहित उनीहरुका सुरक्षामा खटिएका प्रहरीहरु, पूर्व मन्त्री र केही शिर्ष नेताहरुकै सुरक्षामा खटिएका अंग रक्षकहरु, सर्वाेच्च अदालत परिसरमै सुरक्षा योजना अनुसार नै खटिएका प्रहरीहरु, दर्जनौँ अधिवक्ताहरुले यो भीड तय गरेको हो । यो भीडले निषेधाज्ञामा पनि सर्वाेच्च अघिल्तीरका सडकमा केहीबेर सवारीको जाम भयो ।

देशभर कोरोना संक्रमितको संख्या ह्वात्तै बढिरहेको, नियन्त्रणको उपायहरु विफल भइरहेको र लकडाउन कायम रहेको अवस्थामा एकाएक श्रृजना भएको यो भीडले काठमाडौँमा पुन कोरोना संक्रमण फैलाउन मद्य तगर्ने चिन्ता पैदा गराएको छ । यो भीड व्यवसथीत गर्न प्रहरीले माइकीङ गरिरहेपनि त्यो प्रभावकारी देखिएन । शिर्ष नेताहरुको प्रतिक्रिया लिन उद्यत पत्रकारहरुको भीडले भौतिक दुरी कायम हुन सकेन ।

प्रतिक्रिया दिन गेटसम्म हिड्दै आएका प्रचण्ड, देउवा, यादव लगायतका नेताहरु भीड देखेर प्रतिक्रिया नै नदिई गाडी चढेर हुइँकिए । ठेलमठेलको स्थितिले केहीबेर होहल्ला पनि मच्चीयो । पत्रकारहरुलाई यति ठुले महत्वको विषय हुटाउनै नहुने बाध्यता थियो भने सांसदहरुलाई पनि संसद पुनस्थापनाको आशा सहितको सर्वाेच्च यात्रा । तथापी यस विवशतामा पनि सांसदहरुले प्रतिक्रिया दिनका लागि व्यवस्थीत योजना बनाउनु आवश्यक थियो ।

जुन सर्वाेच्च अदालतको आन्तरिक व्यवस्थापन वा सांसदहरुले नै सहजीकरण गर्न सक्दथ्यो । तर जे होस सर्वाेच्च अदालत अघिल्तीरको यो भीडले कोरोना संक्रमण फैलाउन मद्यत गर्ने होकी भन्ने चिन्ता जगाएको छ ।