राजनीति

गगन थापाले भने, अहंकारी ओलीका कारण पटक–पटक सर्वोच्च धाइरहनु दुर्भाग्यपूर्ण (भिडियोसहित)


काठमाडौँ – नेपाली कांग्रेसका युवा नेता गगन थापाले सर्वोच्च अदालतप्रति आफूहरूको पक्षमा फैसला आउनेमा पूर्ण भरोसा रहेको बताउनुभएको छ ।

सोमबार सर्वोच्च अदालतमा संसद विघटनविरुद्ध रिट दायर गरेर फर्कने क्रममा पत्रकारहरूसँग कुराकानी गर्दै उहाँले संसद पुन स्थापना भएरै छाड्ने दाबी गर्नुभएको छ । त्यस्तै नेता थापाले एउटा अहंकारी प्रधानमन्त्रीका कारण अदालत धाइरहनु दुर्भाग्यपूर्ण भएको समेत बताउनुभयो ।

‘सर्वोच्चले यस अघि आफैले गरेको संसद पुनःस्थापनाको फैसलामा टेकेर देउवालाई प्रधानमन्त्री नियुक्तको आदेश गर्नेछ भन्नेमा हामी विश्वस्त छौ’ थापाले भन्नुभयो, ‘एउटा अहंकारी प्रधानमन्त्रीले संविधान उल्लंघन गर्दै संसद विघटन गरेकाले हामी अदालत आएका हौँ । यसरी पटक–पटक अदालत आउनु दुर्भाग्यपूर्ण हो ।’