राजनीति

नेपालसहित ११ जनाले बुझाएनन् स्पष्टीकरण, तीन नेतालाई निलम्बन गर्ने तयारी


काठमाडौँ – नेपाल कम्युनिष्ट पार्टी नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालसहित ११ जनाले अध्यक्ष केपी शर्मा ओलीले सोधेको स्पष्टीकरणको जवाफ दिएका छैेनन् । कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा समर्थन गर्नुको कारण माग्दै नेता नेपाल, वरिष्ठ नेता झलनाथ खनालसहित ११ जनालाई एमालेले स्पष्टीकरण सोधेको थियो ।

एमाले केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले कसैले पनि स्पष्टीकरणको जवाफ नदिएको बताउनुभयो । स्पष्टीकरणको जवाफ नदिएपछि अध्यक्ष ओलीले नेता नेपाल, खनाल र रावललाई निलम्बन गर्ने तयारी गरेको स्रोतले बताएको छ ।