विदेश

भारतका विदेशमन्त्री पाँच दिने अमेरिका भ्रमणमा


काठमाडौँ – भारतका विदेशमन्त्री एस जयशंकर पाँच दिने भ्रमणका लागि अमेरिका पुगेका छन् ।

कोभिड–१९ को महामारीसंग जुधिरहेको भारतमा खोप अभाव हुन थालेपछी अमेरिकी खोप कम्पनीहरुसंग कोभिड विरुद्धको खोप, घरेलु उत्पादनका लागि कच्चा पदार्थ, र अमेरिकी कम्पनीहरुसँगको समन्वयमा भारतमा खोप निर्माण गर्न सक्ने सम्भावनाबारे छलफल गर्न जयशंकर अमेरिका पुगेका हुन् ।

साथै जयशंकरले कोभिड–१९ सँग जुध्न अमेरिकासँग आर्थिक सहयोग माग्ने सम्भावना पनि रहेको बताएको छ ।

पाँच दिने भ्रमणका क्रममा भारतीय विदेशमन्त्री जयशंकरले संयुक्त राष्ट्रसंघका महासचिन एन्टिनो गुटारेस र अमेरिकी बिदेशमन्त्री एन्टोनी ब्लिंकेनसंग पनि भेटघाट गर्ने कार्यक्रम तय भएको छ ।

अमेरिकामा राष्ट्रपति जो बाइडेनले सत्ता सम्हालेपछी भारतीय उच्च स्तरका नेताबाट भएको यो नै पहिलो भ्रमण हो ।