राजनीति

ओलीले बोलाए स्थायी कमिटी बैठक


काठमाडौँ – नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार (आज) स्थायी कमिटी बैठक बोलाउनु भएको छ । अहिले दिउँसो १२ बजेपछि प्रधानमन्त्री निवास बालुवाटारमा स्थायी कमिटी बैठक बस्ने छ ।
बैठकमा आगामी निर्वाचनको घोषणाविरुद्ध विपक्षी गठबन्धनको सर्वौच्चमा रिट निवेदन तयारी गरेको र पार्टीको आन्तरिक विवादबारे छलफल हुने बताइएको छ । यसभन्दा अगाडि यही ८ जेठमा बसेको स्थायी कमिटीले माधव नेपाल पक्षका ११ जनालाई स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो । माधवकुमार नेपाल, झलनाथ खनाल, भीम रावल, मुकुन्द न्यौपाने, रामकुमारी झाँक्री, कल्याणी खड्का, सरला यादव, पुष्पा कर्ण, लक्ष्मी चौधरी, कलिला खातुन र निरा जैरुलाई सोमबार बिहानसम्म स्पष्टीकरण बुझाउन भनिएको थियो ।