राजनीति

संसद् विघटनविरुद्ध बहुमत सांसदको हस्ताक्षरसहित विपक्षी गठबन्धन अदालत जाँदै


काठमाडौँ – प्रतिनिधि सभा विघटनविरुद्ध विपक्षी गठबन्धनले सोमबार बिहान १० बजेपछि सर्वोच्च अदालतमा रिट दायर गर्दैछन् । संसद् विघटनविरुद्ध र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग बहुमत रहेको भन्दै प्रधानमन्त्रीका लागि परमादेश जारीको माग गर्दै विपक्षी गठबन्धन आज अदालत रिटका जान लागेका हुन् । सबै आवश्यक काजगाज आइतबार नै तयार गरेर विपक्षी गठबन्धनले आज रिट दायर गर्न लागेको नेकपा माओवादी केन्द्रका नेता देव गुरुङले जानकारी दिए ।

नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एमालेको माधवकुमार नेपाल समूह, जनता समाजवादी पार्टी (जसपा)को डा.बाबुराम भट्टराई–उपेन्द्र यादव समूह र राष्ट्रिय जनमोर्चाका सांसद सर्वोच्च जान लागेका हुन् ।

शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभा विघटन गरेपछि विपक्षीहरुले त्यसविरुद्ध रिट दायर गर्न लागेका हुन् । आइतबार सांसदहरुको हस्ताक्षर संकलन गरेर नभ्याइने भएपछि आज रिट दायर गर्न लागेका हुन् ।