राजनीति

राष्ट्रपतिको निर्णयले नेपाललाई झन् अशान्ति र द्धन्द्धमा लैजान्छ : पूर्व भारतीय राजदूत रञ्जित


काठमाडौँ – संसद भंग गर्ने राष्ट्रपति विद्यादेवी भण्डारीको निर्णयले नेपाललाई झन् अशान्ति र द्धन्द्धमा लैजाने नेपालका लागि पूर्व भारतीय राजदूत रञ्जित रेले बताएका छन् ।

राजदूत रेले भारतीय पत्रिका दि हिन्दुस्तान टाइम्समा एक लेख लेख्दै प्रधानमन्त्री ओलीको कदमले संवैधानिक शासनको अपमान भएको समेत उल्लेख गरेका छन् । साथै उनले कोराना महामारीको समयमा यस्तो निर्णय लिएर नेपालको भविस्यको स्थायित्वलाई समेत राम्रो नगर्ने उनले उल्लेख गरेका छन् ।

उनले लेखेका छन, ‘भारतले जहिले पनि नेपालमा वहुदलीय प्रजातन्त्र र प्रगतिशिल परिवर्तनलाई समर्थन गरेको छ । आजको बुझाई के छ भने भारतले नेपालको अलोकप्रिय र निरंकुश शासनलाई समर्थन गरेको छ । यो बुझाईको आंशिक कारण के हो भने दुई मुलुकको विचमा उच्च स्तरमा भ्रमण भईरहेको छ ।’