राजनीति

ओलीलाई पत्रकारले पत्याउन छोडे, आफ्नै पार्टीका पत्रकारलाई बोलाएर दिनभरी भाषण(भिडियोसहित)


काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओली आफ्ना गल्तीको ढाकछोप गर्न झुटको फेहरिस्त नै प्रस्तुत गर्छन । यतिमात्र होइन, आफुलाई सही देखाउन हरसम्भव प्रयास गरिरहन्छन् । यस्तै काम ओलीले विगत तीन दिनदेखि निरन्तर गरिरहेका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले लगातार तीन दिन भयो वालुवाटारको एउटै कक्षमा पत्रकार सम्मेलन गर्ने र आफ्ना कुराहरु सुनाउन थालेको । मुलतः ओलीको उद्देश्य आफु नै ठीक र आफुले चालेका कदम सही छन् भन्ने सावित गर्न केन्द्रीत छ । शुक्रबार सरकार गठनको विकल्प छाडेको भन्दै पत्रकार सम्मेलन गरेका ओलीले शनिबार संसद् विघटन गरिसकेपछि पुनः पत्रकारहरुका बीचमा लम्बेतानका विचारहरु राख्दै आफ्नो कदम सही पुष्टि गर्न भरमग्दुर कोशिस गरे ।

प्रधानमन्त्री ओली र राष्ट्रपति विद्यादेवी भण्डारीको चरम आलोचना भइरहेका बेला आइतबार उस्तै किसिमको उद्देश्यसहित वालुवाटारको उहीँ कक्षमा पत्रकार र प्रधानमन्त्रीबीच अन्तरक्रिया राखियो । यसमा पत्रकार कम पार्टीका नेताधारी पत्रकारहरु बढी देखिए । शुक्रबारको सम्मेलनमा राष्ट्रिय मिडियाका प्रधानसम्पादक र सम्पादकहरुको प्रश्न बेहोरेका ओलीले आइतबार आफ्नो मात्रै पुराण सुनाए । र पत्रकारमाथि नै खनिए ।

यो वालुवाटारको एउटा कक्षमा बसेर देशको प्रधानमन्त्रीले घण्टौंसम्म भाषण गर्ने बेला होइन । देशमा कोरोना आतंकले दैनिक ज्यान गुमाइरहेको परिवारको पीडालाई सरकारले महसुस गर्न सक्नुपर्छ । तर सरकारकै कार्यशैलीका कारण नागरिकहरु मरिरहेका बेला ओलीको सत्तालिप्साका कारण देश नै संकटतर्फ धकेलिएको छ । डेढ वर्षदेखि जनताहरु कोभिडको चक्रव्यूहमा फसेका छन् । आधा नेपालीहरुको दैनिक रोजीरोटी गुमेको छ ।

आफ्ना घरका परिवारका सदस्य अक्सिजन नपाई मरिरहेका बेला मारिनेहरूको कमाइमा शानशौकत देखाईरहेको सरकार मल्हम हैन, मतपत्र लिएर भेट्न जाँदैछ । जसले यहीँ बेला जनतालाई ज्यान जोगाउने कि भोट खसाउने द्धविधामा पु¥याएको छ ।