राजनीति

जनकपुरमा राष्ट्रपति भण्डारी र प्रधानमन्त्री केपी ओलीको पुतला दहन


काठमाडौँ – शुक्रबार मध्यरातमा राष्ट्रपतिले संसद भंग गरेको कदम असंवैधानिक भन्दै जनकपुरमा राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीको पुतला दहन गरिएको छ । नेकपा माओवादी केन्द्र र जसपा नेपालका कार्यकर्ताहरूले असंवैधानिक कदमको विरोध गर्दै संयुक्तरुपमा राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीको पुतला दहन गरेका हुन् ।

आइतबार जनकपुरधामको शिव चोकमा नेकपा माओवादी केन्द्र धनुषा र जनता समाजवादी पार्टी नेपालको संयुक्त नेतृत्वमा राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीको पुतला दहन भएको हो ।

राष्ट्रपति भण्डारीले जेठ ७ गते मध्यरातमा प्रतिनिधिसभाको विघटन गर्दै मनोमानी रुपमा अध्यादेश ल्याई मुलुकलाई द्वन्द्वमा धकेल्ने कु चेष्टा गरेकोले त्यसको विरोधमा पुतला दहन गरिएको माओवादी केन्द्र धनुषाका सचिव दिपक यादवले बताउनुभयो ।