राजनीति

ओली नेतृत्वको सरकारमा सहभागी भए पार्टीबाट स्वतः निष्कासित हुने जसपाको निर्णय


काठमाडौँ – जनता समाजवादी पार्टी (जसपा)को उपेन्द्र यादव पक्षीय बैठकले पार्टीका चार नेतासँग स्पष्टीकरण सोधेको छ । उपेन्द्र यादव पक्षको बैठकले पार्टीका कुनै पनि सदस्य ओली नेतृत्वको सरकारमा सहभागी भए पार्टीबाट स्वतः निष्कासित हुने निर्णय गरेको छ ।

पार्टीका प्रचार–प्रसार विभाग प्रमुख डम्बर खतिवडाले जारी गरेको विज्ञप्तिमार्फत पार्टी विरोधी गतिविधिमा संलग्नताबारे आवश्यक सूचना संकलन गर्ने र यथोचित कारवाही प्रकृया अगाडि बढाउने निर्णय गरिएको बताइएको छ ।

विज्ञप्ति………………

पार्टीको आइतबार बसेको कार्यकारिणी समितिको बैठकले जसपाको नीति, सिद्धान्त, विचार, एजेण्डा, विधान र कार्यदिशा विपरित कार्य गर्दै गराउँदै हिँडेका नेताहरु महन्थ ठाकुर, राजेन्द्र महतो, लक्ष्मणलाल कर्ण र सर्वेन्द्रनाथ शुक्लालाई पार्टी विधान र नियमावली बमोजिम स्पष्टीकरण सोध्ने निर्णय समेत गरिएको विज्ञप्तिमा उल्लेख छ ।