समाचार

त्रिभुवन विश्वविद्यालयको परीक्षा फारम अनलाइनबाटै भर्न सकिने


काठमाडौँ – कोरोना भाइरस कोभिड–१९ को दोस्रो लहर चलेपछि त्रिभुवन विश्वविद्यालयले परीक्षा फारम भर्न स्थगित गरेको थियो । अब भने विद्यार्थीले परीक्षा फारम अनलाईनबाट पनि भर्न सकिने व्यवस्था गरिएको छ ।  त्रिवि परीक्षा नियन्त्रण कार्यालयले एक सूचना जारी गर्दै १० देखि २० जेठसम्म सम्बन्धित क्याम्पसबाट फारम भर्न सकिने जानकारी गराएको छ ।

कोरोनाको भाइरसको संक्रमण तीब्र रुपमा फैलिएपछि त्रिविले परीक्षा फारम भर्न स्थगित गरेको थियो । साथै, त्रिविले पहिलो वर्षका विद्यार्थीको वार्षिक परीक्षा साउनभित्र सम्पन्न गरिने जनाएको छ । त्यसका लागि छिट्टै परीक्षा तालिका सार्वजनिक गरिने सूचनामा उल्लेख छ। यसअघि कोरोनाका कारण त्रिविले सबै तहका परीक्षा स्थगित गरेको थियो ।