मौसम

भारतमा यास नामको अर्को चक्रवातको चेतावनी


काठमाडौँ – भारतमा यास नामको अर्को चक्रवातको चेतावनी जारी भएको छ । केही दिनअघि मात्र ताउते नामको चक्रवातले भारतमा ठूलो धनजनको क्षति गरेको थियो । आगामी २४ घण्टामा राजस्थानमा धुलोसहितको ठूलो आँधी चल्ने सम्भावना देखिएको भारतीय मौसम विभागले जनाएको छ ।

यस्तै आगामी ३ दिनमा राजस्थान, हरियाणा, चन्डीगढ, दिल्ली र उत्तर प्रदेशमा तीव्र वेगको धुलो उडाउने खालको हुन्डरी चल्ने सम्भावना रहेको भारतको मौसम विभागले जनाएको छ।