राजनीति

चुनाव अगाडि नै सम्पूर्ण जनतालाई कोरोना खोप लगाइसक्ने प्रधानमन्त्री ओलीको दाबी


काठमाडौँ – चुनाव अगाडि नै सम्पूर्ण नेपाली जनतालाई कोरोना खोप लगाउने प्रयासमा सरकार रहेको प्रधानमन्त्री केपी शर्मा ओलीले बताउनुभएको छ । आइतबार बालुवाटारमा पत्रकारहरुसँग कुराकानी गर्दै प्रधानमन्त्री ओलीले खोपलाई चुनावी खर्चसँग जोडेकोमा असन्तुष्ट व्यक्त गर्नुभयो ।

उहाँले भँन्नुभयो ‘जनतालाई भावनामा बगाएर सार्वभौमसत्ता प्रयोग गर्नबाट बन्चित गराउनु सेन्टिमेन्टल ब्याकमेलिङ हो’ र ‘सार्वभौसमत्ताको प्रयोग र उपचार पाउने हक बेग्लाबेग्लै हो ।’

प्रधानमन्त्री ओलीले जनताको उपचार पाउने हकको सम्मान गर्न सरकार दिनरात लागि परेको बताउनुभयो । उहाँले चुनावभन्दा अगाडि नै सबै जनतालाई खोप लगाइसक्ने प्रयासमा सरकार रहेको बताउनुभएको छ । प्रधानमन्त्री ओलीले भन्नुभयो , विभिन्न मित्र राष्ट्र, खोप उत्पादकहरुसँग डिल गरिरहेका छौं ।’